बाढी–पहिरोबाट मृतक, बेपत्ता तथा पूर्ण विस्थापित परिवारहरूको आधिकारिक विवरण सार्वजनिक गरिएको अत्यन्त जरुरी सूचना !
Powered by
riri one
कालिका गाउँपालिकामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुभएका, बेपत्ता हुनुभएका तथा पूर्ण रूपमा विस्थापित नागरिकहरूको विवरण यकिन गर्न यसअघि आह्वान गरिएको दाबी विरोधको म्यादभित्र कुनै पनि उजुरी नपरेकाले सम्बन्धित वडा कार्यालयहरूबाट सिफारिस भई आएको सूचीलाई नै अन्तिम तथा आधिकारिक कायम गरिएको छ। आगामी दिनमा सञ्चालन हुने राहत, क्षतिपूर्ति, पुनर्स्थापना तथा मानवीय सहायताका कार्यहरू यसै प्रमाणित सूचीका आधारमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।